यस्ता छन् रायो साग खाँदाका अचाक्ली फाइदाहरू !

सामान्यतः हरिया सागपात सबैजसो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छन् । त्यसमा पनि रायो सागको फाइदा झनै बढी हुन्छ । हामीले सजिलै रोप्न र भान्सामा तरकारीका रूपमा प्रयोग गर्न सकिने रायो सागको फाइदाबारे यहाँ चर्चा गरिएको छ

– रायोको सागमा पाइन्ने भिटामिन ‘ए’, ‘सी’ र ‘के’ युक्त तत्त्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गरिरहेको हुन्छ ।

– रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्ने काम पनि गर्छ ।

– रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रियामा सुधार आउँछ । यसले भोक नलाग्ने समस्यासमेत हटाउने काम गर्छ ।

– शरीरमा भिटामिन ‘के’को कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । त्यस्तो बेला रायोको सागमा भिटामिन ‘के’ प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई रायो साग खुवाउँदा व्यापक फाइदा पुग्छ ।

– जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ । त्यसमा पनि पाका व्यक्तिलाई यो समस्या अझ बढी हुन्छ । त्यस्ता व्यक्तिले रायो साग खाँदा निकै फाइदा पुग्छ ।

– रायो सागलाई भिटामिन ‘सी’को पनि राम्रो स्रोत मानिन्छ । तसर्थ, रुघाखोकी लागिरहने मानिसका लागि पनि यो साग औषधिसरह नै मानिन्छ ।

Loading...
प्रकाशित मिति २७ माघ २०७५, आईतवार ०९:०९