बिष्णु माझीको स्वरमा अहिलेसम्मकै उत्कृष्ट गीत सार्वजनिक

काठमाडौं २६ वैशाख ।

मुस्कान / वरिष्ठ सर्जक तथा गीतकार एक नारायण भण्डारीको उत्कृष्ट शब्द संयोजनमा बहु प्रतिक्षित गीत’ ‘छिपछिपे पानीमा लेउ’ बजारमा आएको छ । डिजिटल प्रविधि अनुसार उक्त गीतलाई गीतकार भण्डारीले आफ्नै अफिसियल युट्युब च्यानलबाट बिहिबार बिहान सार्वजनिक गरेका हुन् ।

गीतमा बहुचर्चित लोकप्रिय गायिका बिष्णु माझीको स्वर रहेको छ भने । गायक तर्फ पितम्बर जिसीले साथ दिएका छन् । गीतलाई एक नारायण भण्डारीले नै संगीत भरेका हुन्’, ‘भने पछिल्लो समयको चर्चित एरेन्जर आशिष् अविरलको एरेन्ज रहेको छ ।

भिडियोको कुरा गरौं :

भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझीलाई देख्न सकिनेछ जो पछिल्लो समय प्रसस्तै लोकदोहोरी गीतहरुमा नाच्दै आएका छन् ।’ भिडियोमा नायिका तथा मोडल सुरक्षा पन्तले रायमाझीलाई साथ दिएका छन् । निकै नै रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ‘भने’ प्रकाश भट्टको निर्देशन रहेको छ । भट्टले निर्देशन गरेको लोकदोहोरि गीतको भिडियोले करोड क्लबमा समेत स्थान पाइसकेको छ । यो भिडियोले पनि करोड क्लब सम्मको यात्रा तय गरोस् ।

शुभकामना !!!

Loading...
प्रकाशित मिति २६ बैशाख २०७६, बिहीबार ०५:३४