काठमाडौं / नेपाल आइडल प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा निराजन प्रधान, रमा अर्याल र चन्द्रबहादुर थापा लगायतको अभिनय छ।
आफ्नै शब्द र म्युजिक कम्पोजिसन रहेको ‘सुटुक्कै सुटुक्कै’ बोलको गीतको भिडियो समेत सुरज आफैले निर्माण तथा निर्देशन गरेका हुन् ।तारा थापा र विवेक थापाको स्वर रहेको गीत गोदावारी र कमलपोखरी सिटी सेन्टरमा छायांकन गरिएको हो। सुरजको यो दोस्रो निर्देशन हो।
भिडियो :
Loading...