सानो निहुँमा श्रीमतीलाई सर्प्राईज दिन्छु भन्दै आँखा छोपेर हातका औला काटिदियो / भिडियो

हामिलाई सुन्दापनि अचम्म लाग्छ । तर यो सत्य खबर हो । एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छिनाईदिए । उक्त घटना यति हदसम्मको विभत्स छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । उक्त दुष्कर्म गर्ने पति अहिले जेल जीवन भोगिरहेका छन् ।

उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् । यही कारण जंगिएर उनले दाहिने आतका सबै औला नै काटिदिए। ३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औला छिनाएका हुन् । यति बर्बरतापूर्ण दुष्कर्म छ की उनले पत्नीको औला काट्नका लागि पत्नीको आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए ।

भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन्। लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन्। त्यसपछि श्रीमान्ले आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए। एकैछिनमा बज्रपात भयो। राक्षस श्रीमान्ले ५ वटै औला छिनाईदिए। एक झड्का नै उनका लागि अन्धकारमय भयो। उनका ५ वटै औला काटिए । त्यति मात्र हैन की काटिएका औला उनले फोहोरको थुप्रोमा लुकाईदिए। ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन।

तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अत्यन्तै भयावह आक्रमण, धोकापछिपनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो ।

उसले आफ्नी पत्नीलाई चेतावनी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भयानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै भयो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएपछि उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भन्यो । हात बाँधिदियो । मुखमा टेप लगाईदियो । उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । राक्षसले मेरा औला काटिदियो पिडित युवतीले बताईन् ।

घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ

मानवाधिकार समूहद्धारा आजीवन कारावासको माग
उ सारै क्रुद्ध थियो । सारै ईर्ष्या गर्दथ्यो । किनकी उन केवल ८ कक्षा पासको मात्र शिक्षा लिएको थियो । श्रीमतीले उच्च शिक्षा लिएको हेर्न चाहादैन थियो । उस्तो भयावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ ।

झनै संघर्षशील
सुश्री अख्टरले अहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला काटिएपछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन। उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन। उनले पढाई फेरी सूरु गरेकी छिन। जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन्। अहिले उनी आफ्ना माता पिताका घरमा फिर्ता गएकी छिन् ।

त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्यहाँको समुदायले यो आक्रमण मुस्लिम–बहुसंख्यक समुदायका शिक्षित महिलामाथी निशाना बनाउने वाला दष्कर्मको एक श्रृंखला भएको दावी गरिएको छ ।

GS NEPAL बाट

 

Loading...
प्रकाशित मिति २७ बैशाख २०७६, शुक्रबार ०८:२१