चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस)

चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ। जेठ १७ गतेलाई रिलिज मिति तय गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा गौरव पहरी, भोलाराज सापकोटा र अभय बराल नायिका निशा अधिकारीको पछि परेको देखाइएको छ ।

निर्माण भएको लामो समयपछि यो चलचित्र रिलिज हुन लागेको छ। यस चलचित्रलाई लिएर कलाकारहरु एकदमै उत्साहित देखिएका छन। ट्रेलर रिलिज कार्यक्रममा उपस्थित कलाकार गौरव पहरीले भने यस चलचित्रमा हामीले एकदमै धेरै मेहनत गरेका छौ। पक्कै पनि दर्शले यस कुरालाई मन पराइदिनुहुन्छ होला।

कलाकार भोलाराज सापकोटाले पनि गौरवको कुरामा सहमति जनाए । यति धेरै मेहनत गरेको चलचित्र रिलिज नहोला कि भन्ने डर थियो । तर, अब रिलिज हुदैँछ खुसी लागेको छ’ उनले भने ।

ट्रेलर हेरौ।

Loading...
प्रकाशित मिति २७ बैशाख २०७६, शुक्रबार १४:०४