धुर्मुस सुन्तलीलाई पशुपति शर्मा र देवी घर्तीको यस्तो उपहार / भिडियो सहित

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ। लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को बिषयलाई लिएर गीत बनाएका छन् ।

हजुर हाम्रै पाला,जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो 

 

Loading...
प्रकाशित मिति २७ बैशाख २०७६, शुक्रबार १६:०५