काठमाडौं । चर्चित गायक रामजी खाण र चर्चित गायिका भिमु गुरुङको आवाजमा समेटिएको स्याङ्गजा जिल्लाका ३५ रमणीय ठाउलाई समेट्ने गीतको भिडियो बजारमा आएको छ ।
नेपाली गीत संगीतका उदयमान नक्षत्र युनिक लोचन के सि को शब्द रचना र दिनेश के सि को लय सिर्जना रहेको गीत क्या राम्रो स्याङ्गजाको ठाऊको भिडियोको निर्देशन सन्तोष राजबाहकले गरेका हुन्।
भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी ,युनिक त्रिलोचन के सि, शम्सेर गुरुङ र शिब थापा मगरले अभिनय गरेका छन् । छायांकन बिक्रम लामाले गरेका हुन् ।
कोरियोग्राफर कृष्ण लामाले गरेका हुन् । सम्पादन रमित ओलीले गरेका छन् अडियो तथा भिडियो कामना डिजिटलको ब्यानरमा निर्माण भएको हो भने भिडियो कामाना अनलाइन् टि भी को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।
Loading...