बिबहा बन्धनमा

विदेशमा हुनेले पनि रिलिज कै दिन यसरी नयाँ नेपाली फिल्म हेर्न पाउने

घरमै होस या बिदेसमा रिलिज भएकै दिन नयाँ नेपाली फिल्म हेर्न पाईने भएको छ । ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्समार्फत सो सुविधा उपलब्ध गराएको हो ।

एप्समार्फत नेपाल रिलिजकै मितिमा विदेशका दर्शकले पनि शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था मिलाएको छ। अब पाइरेसीको कुनै अवसर नहुनेगरी एकपटक पैसा तिरेपछि हप्ताभरि जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको छ।

एन्ड्रोइड र आएओएस (एप्पल) दुबै कम्पनिको मोबाइलको प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिने एप्समा १ देखि ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका फिल्म हेर्न मिल्नेछ । सुरुवाती चरणमा पछिल्लो क्रममा रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘ब्रेकअप’ ‘प्रसाद’ एप्समा उपलब्ध हुने ओएसआर डिजिटलका रुपेन्द्र खड्गीले बताए ।

नेपाली फिल्मको बजार विश्वव्यापी बन्दै गर्दा सुरु भएको यो प्रकारको प्रविधिले निर्माताहरुलाई व्यापारिक रुपमा राहत मिल्ने देखिएको छ ।

Loading...
प्रकाशित मिति २७ बैशाख २०७६, शुक्रबार १७:०५