प्रेमविवाह गरेका गुल्मीका यी जोडीलाई घरमा बस्न नदिएपछि यस्तो समस्या / भिडियो

काठमाडौं २८ वैशाख ।

मुस्कान / पछिल्लो समय अन्तरजातीय विवाह र प्रेमी प्रेमिकाको विवाहको खबरहरु धेरै नै सुन्न,पढ्न र देख्न पाइन्छ । तर गुल्मिका एक युवाको प्रेम कहानी र विवाहको रोचक कहालीलाग्दो वास्तविकता भने बेग्लै छ । हुनत हरेक मान्छेको जीवन र संघर्ष फरक नै हुन्छ।’

गुल्मीका राजेन्द्र अार्यन कुमार श्रेष्ठले एक मुल्सिम युवती हाजिरा खातुन सँगको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । तर उनिहरुको जोडीलाई धर्म फरक भएकै कारण घरमा अस्विकार गरेपछि उनिहरुले घर छाडेर बेग्लै जीवन बिताइरहेका छन् । परिवारको इच्छा बिपरित विवाह गरेपनि खुशी रहेको बताउँछन् । यता युवतीको घरपरिवारमा पनि राम्रो आवतजावत रहेको पनि खुलाइन् ।

६ बर्ष अगाडि फेसबुकबाट एक अर्कामा चिनजान भएर बोलचाल गर्दै जाने क्रममा माया बसेर अन्तमा विवाह नै गर्ने निर्णयमा पुगेका जोडीले ‘धर्म फरक’ समाज फरक’ जात फरक हुँदाहुँदै पनि सिन्दुर भरेरै छाडे । घरपरिवारबाट अहिलेसम्म कुनै पनि साथ नपाएकोमा दुख पनि ब्यक्त गर्छन् अार्यनले।” उनिहरु आशावादी छन् घर परिवारले एकदिन बोलाउछ भनेर”

भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार १०:५५