उदयपुरको ताप्लीमा खानेपानीको हाहाकार

वैशाख २८ उदयपुर /

लामो समयसम्म पानी पर्न नसकेपछि उदयपुरको ताप्ली गाउँपालिका आसपासमा खडेरीको संभावना देखिएको छ । ३ बर्ष देखि मुल फुट्ने गरि पानी नपरेका कारण त्यस क्षेत्रका बिजुवाखोला, गहतेखोला, घारी, यारी, कुभिण्डे लगायतका खोलानालाहरु सुकेका छन् ।

खोलानाला सुकेपछि अन्नबाली तथा कृषिजन्य उपजहरु उत्पादन हुन सकेका छैनन् । मकै छर्ने सिजन सुरु भएपनि आकाशबाट पानी नपरेपछि खेतबारी बाँझै राख्नुपरेको स्थानियहरुको गुनासो छ । लामो समयदेखी पानी नपरेपछि बनजंगलका बोटविरुवा समेत सुक्दै गएको रुपाटारका स्थानिय प्रेमबहादुर ज्यु ठकुरीले बताउनुभयो । खोलानाला सुकेपछि खानेपानीको समेत हाहाकार भएको अर्का स्थानिय केबल बहादुर बुढाथोकी बताउनुहुन्छ ।

पर्याप्त मात्रामा धान, गहुँ, मकै, मास, मुसुरो, तोरी तथा तरकारीहरु उत्पादन हुने त्यस क्षेत्रमा पानीको अभावमा मरुभुमि जस्तै भएको स्थानियहरुको भनाई छ । स्थानिय खोलानाला सुकेपछि शुनकोशीको पानी लिफ्टिङ गरी ताप्लीगाउँबासीलाई बितरण गर्ने गरी काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले बताउनुभयो ।

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार ११:५१