अमित बरालको दोस्रो गीत सार्वजनिक

काठमाडौं २९ वैशाख ।

मुुस्कान / नेपालकै चर्चित रियालिटि शो नेपाल आइडल दोस्रो संस्करणमा दर्शकले अत्याधिक रुचाइएको प्रतिस्पर्धी अमित बरालको दोस्रो गीत सार्वजनिक भएको छ । ‘यता मेरो रगतले’ बोलको गीत ब्रदर्स युट्युब टिभी च्यानलबाट बजारमा आएको हो ।’

मोनी गौतमको उत्कृष्ट शब्द संयोजनमा रहेको उक्त गीतलाई एन के ब्रदर्सले संगीत भरेका छन् ‘भने फडिण्द्र राईको एरेन्ज हो ।” भिडियोमा अभिनेता दिलिप रायमाझी र सम्पदा न्यौपाने समिप न्यौपानेको उत्कृष्ट अभिनय देख्न सकिन्छ । उत्षव दाहालले खिचेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । बिकाश धितालको सम्पादनमा रहेको छ।

गायक बरालको ‘म तिम्रै हुँ” बोलको पहिलो गीत पनि चर्चामा रहेको । उक्त गीतलाई गायक पुष्पन प्रधानले शब्द संगीत संयोजन गरेका हुन् भने गीतलाई अमित बरालले आफ्नै युट्युब च्यानलमा बाट सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति May 12, 2019