खीमा र टीकाको दु:ख भित्र लुकेको मुस्कान …… तस्बिर सहित

काठमाडौं २९ वैशाख ।

मुस्कान / स्वरको धनी गायिका द्वय खीमा रोका मगर र टीका सानू पछिल्लो समयको एकदमै चर्चित र ब्यस्त गायिका हुन् । गीत रेकर्डिङ देखि लिएर मेला महोत्सवमा गाउँदै अगाडि बढिरहेकी दुई बहिनिलाई कृष्ण कँडेलले सञ्चालन गर्दै आएको अत्यन्तै लोकप्रिय कार्यक्रम इन्द्रेणीले सँगै सहकार्य गर्न अवसर पनि दिलाएको छ ।

उनिहरु अहिले इन्द्रेणी कार्यक्रममा सञ्चालिकाको भुमिकामा आबद्ध छिन् । देशको विभिन्न ठाउँमा पुग्ने इन्द्रेणी टिम भर्खरै मात्र नुवाकोटको एक महोत्सवमा पनि पुगेका थिए । नुवाकोट र रसुवाको सिमाना मा रहेको साद्दोबाटो मा रहेको फिकुरी क्याम्पसको पाँचौ वार्षिकोत्सबमा इन्द्रेणी समूह समुहको विशेष प्रस्तुति थियो । उक्त कार्यक्रममा पुगेका कलाकार द्वय केही तस्बिरहरू :

यो पनि पढ्नुहोस् :

असफल यात्री मुस्कान / अहिलेको चर्चित लोकदोहोरी गायिका हुन् टीका सानू, ‘सानै देखि गीत संगीतमा रुचि राख्दै अगाडि बढेका उनी अहिले काठमाडौंमा रहेर गीत संगीतकै बाटोमा हिडिरहेकी छिन् । ‘विशेष त लाइभ दोहोरी प्रतियोगिताहरुमा सहभागी हुँदै कहिले जीत कहिले हारको सामना गरेर अहिले आफ्नै स्वरमा धेरै गीत रेकर्डङ गरिसकेकी सानू लोकप्रिय कार्यक्रमको सञ्चालिका पनि हुन् ।,

लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले अाफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन….

२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् । घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन । घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।

Loading...
प्रकाशित मिति May 12, 2019