काठमाडौं तारकेश्वरमा एक युवकले झुन्डिएर आत्महत्या गरे

काठमाडौं । काठमाडौंको उत्तरी भेगमा रहेको तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको वुद्ध सामूदायिक वनमा एक जनाले आत्महत्या गरेका छन् ।

गोकुल गंगा –३, रामेछाप घर भई हाल तारकेश्वर–२, ढकालटार बस्दैआएका वर्ष ३५ का आङनर्वु शेर्पाले सल्लोको रुखमा झुण्डिएर आत्मा हत्या गरेका हुन् ।

शनिबार दिउँसो साढे ३ बजे तारकेश्वर–६ का एक जना स्थानीय महिला बाख्रा चराउँदै गर्दा शेर्पालाई झुण्डिएको अवस्थामा देखेर खबर गरेपछि घटना सार्बजनिक भएको धर्मस्थली प्रहरी चौकीले जनाएको छ।

Loading...
प्रकाशित मिति २९ बैशाख २०७६, आईतवार ०४:०६