टाईम्स २४ नेपाल
गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ ले सार्वजनिक भएको केही दिनमै चर्चा बटुलेको छ।
युट्युबमा सार्वजनिक भएको तीन दिनमै गीतले पाँच लाख भन्दा बढी दर्शक कमाएको छ।विष्णु माझी र पीताम्बर जिसीको स्वरमा रहेको यो दोहोरी गीतको भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेका छन्।
गीतकार भण्डारीको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियोमा १५ सय भन्दा बढी दर्शकले गीतबारे प्रतिक्रिया व्यक्त गरेका छन्।नेपाली लोक तथा दोहोरी गीतसँगै आधुनिक तथा फिल्मका गीतमा पनि बेजोड कलम चलाउने भण्डारीका यसअघिका गीत पनि दर्शकस्रोताले निकै रुचाएका थिए।
पछिल्लोपटक विमलराज क्षेत्री र अञ्जु पन्तको स्वरमा सार्वजनिक भण्डारीको लोक-पप शैलीको गीत ‘बुट्टे रुमाल’ ले पनि राम्रो रेस्पोन्स पाएको थियो।
‘डाँफे नाचेर, फुल कहाँ फुल्छ र हाँगै भाँचेर’, ‘मुल हौ भने रसाइदेउ’ ‘’तिर्खा लाग्यो पानि खाएँ मैले के बिराएँ’, ‘लालुपाते नुह्यो भइँतिर’, ‘मैले मन पराएको छु’, ‘फुलमा मौरी डुल्ने बेलामा’, ‘रातो पछ्यौरी तातो पछ्यौरी’ लगायत सयौँ चर्चित गीत उनले लेखेका छन्।
भिडियो