रेसलर सिल्भर किंगको रेसलिङ खेल्दाखेल्दै रिङ भित्रै मृत्यु (भिडियो हेरौ)

एजेन्सी : डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका सिल्भर किंगको लण्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको छ । सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका थिए।

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे। सुरुमा दर्शकले त्यो प्रस्तुतीकै एउटा पाटो सम्झिए। सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार दजुस गुएरेरासँग भिडिरहेका थिए ।उनी लडेको केही समयपछि अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा थिच्न थाले। त्यसपछि दर्शकलाई उक्त हलबाट निकालियो।एक प्रत्यक्षदर्शीले भने, उनीहरु रेसलिङ खेलिरहेका थिए, एकाएक केही विपत् आइलाग्यो।

भिडियो 

 

Loading...
प्रकाशित मिति May 12, 2019