काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’
चलचित्र मखमली फिल्मको गीतलाई लिएर सरिता सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताए ।
Loading...