फेवातालमा आयो डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे

कास्की २९ वैशाख ।

पोखरामा रहेको फेवातालमा आइतबार डरलाग्दो छाल आएको छ । समुद्री छालको झल्को दिने गरि आएको छालका कारण ५० भन्दा बढी डुंगा डुबेका थिए । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् ।

बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले डुबेकाहरुको उद्धार गरे।

तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए । हावाहुरी कम भएपछि डुंगा चालकले आफ्ना डुबेका डुंगा निकालेका छन् ।

Loading...
प्रकाशित मिति २९ बैशाख २०७६, आईतवार १५:१२