को बन्छ करोडपतिमा राजीव जैनले जिते एक करोड

काठमाडौँ २९ वैशाख ।

चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’को पहिलो करोडपति मोरङका राजीव जैन बनेका छन् । अधिकांश दर्शकले हिजोको कार्यक्रम बाट नै अनुमान लगाईसकेपनि आजको विशेष कार्यक्रममा करोडपति घोषणा गरेका हुन् ।

हरेक हप्ताको शनिबार, आइतबार र सोमबार ८: ३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ।ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’सुरु भएको हो । यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन् ।यस कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। हिजो प्रशारित एपिसोडमा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।

Loading...
प्रकाशित मिति २९ बैशाख २०७६, आईतवार १६:००