राम अविरल बिष्टकाे ‘ज्यान सुकेर लाैरी’ सार्बजनिक / भिडियाे हेरौ।

नेपाली गजलमा साधना गरिरहेका राम अविरल बिष्ट को ज्यान सुकेर बोलको गीत सार्बजनिक भएको छ। सानै उमेरमा नेपाली साहित्यमा सक्रिय श्रष्टा अविरलले नेपाली गीत लेखनमा पनि साधाना गरिरहेका छन। उक्त गितमा सुदुर तथा मध्यमश्चिमका स्टेजहरुमा सबैको रोजाईमा पर्ने गायक टँक तिमिल्सिनाले सँगीत गरेको गीतमा चर्चित गायिका मेलिना राई र टँक तिमिल्सिनाकै स्वर रहेको छ।

यस अघि सुब्बा साब, लेक साईड जस्ता चर्चित मुभि तथा बग्ने खोला बोलको गीतमा अभिनय गरिसकेका नायक दीपक ढकालले प्रमीको भूमिका निभाएका छन भने गुरूङ भाषाका दर्जनौ मुभि तथा गीतहरुमा अभिनय गरिसकेकी उर्मिला गुरुङले प्रेमिकाको भुमिका निभाएकि छन। बिषेश गरि टाढा रहेका प्रमि प्रमिकाहरुको यादमा लेखिएको यो गीत कारुणीक बिम्बमा समेटिएको छ।

भिडियो हेरौ।

 

Loading...
प्रकाशित मिति २९ बैशाख २०७६, आईतवार १९:१५